शुक्रबार, १६ चैत २०८०

गीत रिलिजमा नेपाली विकिनी सुन्दरीसँग नायक विनय श्रेष्ठ (भिडियो सहित)

समयपोष्ट २०७४ मंसिर २९ गते ३:३६

नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’को दोस्रो गीत सार्वजनिक भएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘स्यान्डवीच मी’ बोलको क्लब सङ सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका मुख्य नायक विनय श्रेष्ठले विकिनी पहिरनमा रहेका २ यूवतीसँगै कार्यक्रम हलमा प्रवेश गरेका थिए ।

Advertisement

गीतको छायांकन अमेरिकामा गरिएको छ । अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको गीतमा बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् । गीतको भिडियोमा जस्तै नायक विनयले दुई विकिनी पहिरनमा रहेका युवतीसँग गीत सार्वजनिक कार्यक्रममा इन्ट्री मारेका थिए ।

प्रताप सिंहको कोरियोग्राफी रहेको भिडियोलाई उज्वल सिंहले खिचेका हुन् । फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ ।

नरेश कुमार केसीले निर्देशन गरेको यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । निर्माता समेत रहेका नायक विनयले फिल्मको एक गीतमा स्वर पनि दिएका छन् ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री