बुधबार, १२ वैशाख २०८१

सानिमा हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

समयपोष्ट २०७४ मंसिर २८ गते १०:१९

सानिमा हाइड्रोपावर कम्पनीको सेयर बाँडफाँड भएको छ । मंसीर ११ देखि २० सम्म लिलामीमा राखेको हकप्रदमा अवितरित एक लाख ४६ हजार ५९२ कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको हो ।

Advertisement

५०५ रुपैयाँदेखि माथि मूल्यमा शिलबन्दी बोलपत्र पेश गरेका सबै लगानीकर्ताले हाइड्रोको सेयर प्राप्त गरेको  विक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।  साधारण सेयरका लागि अधिकतम ५५४ रुपैयाँसम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।

एक लाख ४६ हजार ५९२ कित्ता साधारण सेयरका लागि एक हजार दुई सय ९७ जनाले बोलपत्र पेश गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री