शुक्रबार, १४ वैशाख २०८१

नेप्सेमा आगलागीका कारण सर्भर डाउन, नियमित समयमा कारोबार सुचारु हुन सकेन

समयपोष्ट २०७४ मंसिर २८ गते ७:०९

बिहीबार नेप्सेको कारोबार  नियमित समयमा सुरू हुन सकेको छैन । स्टक एक्सचेन्जको भद्रकालीस्थित कार्यालयमा गएराति  विद्युत सर्ट भएर लागेकाे अागाेका कारण प्राविधिक समस्या अाएपछि आज कारोबारमा ढिलाई भएको हो ।

Advertisement

आगलागीका कारण  पहिलो तल्लाकाे उत्तरतर्फकाे काेठामा क्षति पुगेको तर महत्वपुर्ण कागजातहरु नष्ट नभएको नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सर्वर सञ्चालनमा ल्याउँने प्रयास भैरहेको जनाएका छन् । सर्वर सञ्चालनमा अाएपछि काराेबारकाे समय थप गरिने पराजुलीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री