शनिबार, १५ वैशाख २०८१

उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

समयपोष्ट २०७४ मंसिर २८ गते ५:२४

प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ ।

Advertisement

उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ ।

प्रतिनिधिसभामा काठमाडौँका क्षेत्र नं १, ४, ६ र १० मा काँग्रेस र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन्। काठमाडौँमा ४ स्थान र भक्तपुरमा नं १ प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन।

ललितपुरमा भने वाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ । त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दलले कुनै सिट ल्याउन सकेनन् ।

काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ को १ मा दीपेन्द्र श्रेष्ठ, काठमाडाँै नं ३ को १ मा छिरिङ दोर्जे लामा, काठमाडौँ–४ को १ मा नरोत्तम वैद्य र काठमाडौँ–१० को १ मा पुकार महर्जन तथा भक्तपुर–१ को १ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री