बिहीबार, ६ वैशाख २०८१

कुपोषणले आउँदो वर्ष ४ लाख बालबालिकाको मृत्यु हुने चेतावनी

समयपोष्ट २०७४ मंसिर २७ गते १५:२०

राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कुपोषणका कारण  चार लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

Advertisement

कङ्गोमा कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो ।

युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ ।

विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ ।

ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन् ।

ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन ।

स्वास्थ्य सेवा खस्कीदै गएको, सबैलाई उपचार सेवा पु¥याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याई छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री