शुक्रबार, १६ चैत २०८०

बैतडी र रामेछापमा समानुपातिक तर्फको मतगणना सकियो : दुबै जिल्लामा एमाले पहिलो

समयपोष्ट २०७४ मंसिर २६ गते ८:५०

बैतडी र रामेछापमा प्रतिनिधिसभातर्फ समानुपातिकमा एमाले पहिलो भएकोे छ ।  बैतडीमा नेकपा (एमाले)ले २३ हजार ३२३ मत र रामेछापमा २६ हजार ८ सय ५२ मत प्राप्त गरी पहिलो भएकोे हो ।

Advertisement

बैतडीमा नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा (माओेवादी केन्द्र)ले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधिसभाका लागि  बैतडीमा समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएका छन् ।

यसैगरी रामेछापमा  नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् । प्रदेशसभा तर्फ  एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री