शुक्रबार, १६ चैत २०८०

विजयी भएपछि प्रचण्डले प्रधानमन्त्री देउवाको प्रशंशा गर्दै जनाए यस्तो प्रतिबद्धता

समयपोष्ट २०७४ मंसिर २५ गते १४:२३

‘वाम गठबन्धनलाई जनअनुमोदन’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिक रुपमा अनुमोदन गरेको भनी मतदाताप्रति आभार प्रकट गरेका छन ।

Advertisement

नेता प्रचण्डले आज सन्देशमार्फत संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग शुरु भएको बताएका हुन ।

उनले सन्देशमा भनेका छन “वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग शुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा एमाले र नेकपा माओवादी केन्द्रका देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।”

उनले अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीका रुपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील हुने जनाउँदै सोहीअनुसार अगाडि बढ्न वामपन्थी नेता, कार्यकर्ता र जनतालाई आग्रह गरेका छन ।

उनले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिएका छन। पूर्वप्रधानमन्त्रीसमेत दाहालले भने, “अब सरकारबाट संविधानको मर्मअनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।”

नवनिर्वाचित सांसद दाहालले आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नं ३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहो¥याएका छन ।

अध्यक्ष प्रचण्ड काँग्रेससहितको राप्रपा प्रजातिन्त्रक गठबन्धनका नेता विक्रम पाण्डेलाई नौ हजार ३४१ मतले पराजित गर्दै विजयी भएका हुन। अध्यक्ष दाहालले ४८ हजार २७६ मत प्राप्त गरेका छन । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री