आइतबार, २२ असार २०८२

पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ : प्रचण्ड

समयपोष्ट २०७४ मंसिर २५ गते ७:३८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् ।

Advertisement

पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए।

उनले अब देश समृद्धितर्फ अघि बढेको बताए । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उनले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताए ।

सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको पहल हुने दाहालले बताए । आफू काठमाडौं फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग््याउने उनले बताए ।

उनले भने– “पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ थियो ।

Advertisement

ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री