बुधबार, १२ वैशाख २०८१

यस्तो छ अहिलेसम्मको मतगणनाको अवस्था

समयपोष्ट २०७४ मंसिर २५ गते ६:२७

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।

Advertisement

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रोचरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये १०० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६७ निर्वाचन क्षेत्रको र दोस्रोचरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये २१८ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १३ जना महिला निर्वाचित भएका छन् ।

आयोगका अनुसार आज बिहान ९ बजेसम्मको प्राप्त विवरणअनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य ३७ जिल्लामा सम्पन्न भएको छ ।

त्यस्तै, रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डडेल्धुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ, भने बाँकी २५ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडाँैं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, गोरखा, बागलुङ, पाल्पा, रोल्पा, दाङ, रुुकम पश्चिम, कालिकोट, जाजरकोट, हुम्ला, दैलेख, बैतडी र दार्चुला छन् ।

पछिल्लो विवरणअनुसार १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलमा नेकपा (एमाले), तीन लाख २८ हजार ६२८ नेपाली काँग्रेस तीन लाख २६ हजार ६७४, नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेका दलहरु एक लाख ६० हजार ११६, राष्ट्रिय जनता पार्टी नेपाल २४ हजार ८४० विवेकशील साझा पार्टी १६ हजार २२३, राष्ट्रिय प्रजातन्त्र पार्टी १४ हवार ६०, संघीय समाजवाद फोरम नेपाल १३ हजार ८७९ र नयाँ शक्ति पार्टीले १० हजार ६३४ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री