शुक्रबार, १६ चैत २०८०

मेटलाइफको नयाँ लोगो सार्वजनिक

समयपोष्ट २०७४ मंसिर २४ गते ३:४७

मेटलाइफ नेपालले ‘मेटलाइफ तपाईंसँगै जीवनमा अघि बढ्दै’ नारासहित नयाँ लोगो सार्वजनिक गरेको छ । यो परिवर्तनले मेटलाइफलाई विश्वासिलो साझेदारका रूपमा खडा गरेको कम्पनीको भनाइ छ । यसमा दृश्यात्मक पहिचान, लोगो र नारासमेत समावेश छन् ।

Advertisement

मेटलाइफको नयाँ दृश्यात्मक ब्राण्ड स्वच्छ र आधुनिक बनेको छ । यसको आकर्षक नीलो र हरियो रङको संयोजनले मेटलाइफको ‘एम’ बनाएको छ ।  यसमा प्रयोग गरिएको नीलो रङले मेटलाइफको विरासतलाई झल्काउँछ भने हरियो रङले जीवन, नवीकरण र ऊर्जाको प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री