शुक्रबार, १६ चैत २०८०

राधी विद्युत कम्पनीको आइपीओ खुल्यो, कहिले र कहाँ गर्ने आवेदन ?

समयपोष्ट २०७४ मंसिर २४ गते ३:४०

राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो ।

Advertisement

कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते सम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री