बिहीबार, १३ वैशाख २०८१

अर्थराज्यमन्त्री उदय शम्शेर राणालाई पराजित गर्दै पूर्वडिआइजी नवराज सिलवाल सांसदमा निर्वाचित,

समयपोष्ट २०७४ मंसिर २४ गते १:४४

प्रतिनिधि सभा निर्वाचनबाट प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल सांसदमा निर्वाचित भएका छन् ।

Advertisement

 ललिपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यूवा नेता तथा अर्थराज्यमन्त्री उदय शम्शेर राणालाई पराजित गर्दै सिलवालले जित हात पारेका हुन् ।  उनले ३६ हजार ९ सय ४६ मत हात पारेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी राणाले  २० हजार ७ सय २९ ल्याएका छन् ।
प्रहरी महानिरीक्षकका दावेदार रहेका सिलवाललाई देउवा सरकारले छेउ लगाएपछि उनी अदालतको शरणमा पुगेका थिए ।  तर अदालतले उनको विपक्षमा फैसला सुनाएपछि डिआईजी पदबाट राजीनामा दिएर  राजनीतिमा होमिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री