शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं १, ५ र ६ को मतगणना सुरु, बाँकी क्षेत्रको तयारी हुँदै

समयपोष्ट २०७४ मंसिर २२ गते ५:५९

काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५ र ६ को मतगणना सुरु भएको हो ।बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

Advertisement

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् । यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री