शुक्रबार, १४ वैशाख २०८१

मनाङको प्रदेश (ख) बाट स्वतन्त्र चुनाव लडेका दीपक मनाङे उर्फ राजीव गुरुङ विजयी

समयपोष्ट २०७४ मंसिर २२ गते ३:५७

एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।  मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (ख) मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री