बिहीबार, १३ वैशाख २०८१

नबिलको एकै दिन दश नयाँ स्थानमा शाखा विस्तार ,हेर्नुहोस् कहाँ कहाँ ?

समयपोष्ट २०७४ मंसिर १९ गते ७:००

नबिल बैंकले एकै दिन दश नयाँ स्थानमा बैंकको शाखा खोलेको छ । बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा खोलेको हो । 

Advertisement

बैंकले यी सबै शाखा सञ्चालनमा ल्याईसकेको छ ।  बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउने उदेश्यले बैंकले शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री