शुक्रबार, १६ चैत २०८०

नेप्सेमा आज तीन कम्पनीको सेयरमुल्य समायोजन,कसको कति ?

समयपोष्ट २०७४ मंसिर १८ गते ७:४३

नेप्सेमा आज तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सोमबार गण्डकी विकास बैंक ,प्रुडेन्सियल इन्स्योरेन्स  र नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।  गण्डकीको २५ प्रतिशत हकप्रद पछिको सेयरमुल्य समायोजन भएको छ । समायोजित सेयरमुल्य प्रतिकित्ता  २७६ रुपैयाँ निर्धारण भएको छ । बैंकको औसत आधारमूल्य ३४७ रुपैयाँ रहेको छ । बैंकले मंसिर १५ गते बुकक्लाेज गरेकाले मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

Advertisement

त्यस्तै प्रुडेन्सियलले जारी गर्न लागेको ३० प्रतिशत हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ । नेप्सेका अनुसार इन्स्योरेन्सको समायोजित सेयरमुल्य ९६८ रुपैयाँ कायम भएको छ । कम्पनीले मंसिर १५ गते बुकक्लाेज गरेकाले इन्स्योरेन्सको हकप्रद मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।

यसैगरी नेशनल माइक्रोफाइनान्सको सेयरमुल्य पनि आजै समायोजन भएको छ । कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको २० प्रतिशत बोनसपछिको सेयरमुल्य २६२१ रुपैयाँ निर्धारण गरिएको छ । लघुवित्तको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य १३६० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

लघुवित्तले मंसिर २७ गते धादिङबेशीमा डाकेकाे चाैथाे बार्षिक साधारणले २० प्रतिशत बाेनस पारित गर्देछ । लघुवित्तकाे बाेनस समेत मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री