शुक्रबार, ७ वैशाख २०८१

वाम गठबन्धनलाई जिताए लोकतन्त्र खतरामा पर्छ : प्रधानमन्त्री देउवा

समयपोष्ट २०७४ मंसिर १८ गते ५:२०

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेेको वाम गठबन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी गरेका छन् । सोमबार बिहान डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले लोकतन्त्र बचाउन वाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले भने, ‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेको छ,त्यसैले अहिले सचेत भइ जनताले वाम गठबन्धनलाई परास्त गर्नु जरुरी छ ।’

Advertisement

प्रधानमन्त्री देउवालेे एमालेे-माओवादी मिलेर बनेको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु मुलुकको प्रजातन्त्रलाई खतरामा पार्न खोजेको टिप्पणी गरे । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति प्रणाली हाम्रो जस्तो मुलुकमा तानाशाही निर्दलीय पद्धती ल्याउन सक्ने खतरा हुन्छ, त्यसैले प्रत्यक्ष राष्ट्रपति पद्धती ल्याउने कुरा जायज छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री