शनिबार, ८ वैशाख २०८१

काठमाडौंमा यस बर्षकै बढी चिसो महसुस: ओक्चीको प्रभाव होइन

समयपोष्ट २०७४ मंसिर १७ गते ३:१४

काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

Advertisement

भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ । श्रीलंकामा गत बिहीबार विकास भएको 'ओक्ची' नामको आँधीको प्रभाव र त्यसको असर भने अहिले नेपालमा नपरेको मौसमविदले बताए । आजको नेपाल समचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री