शुक्रबार, १४ वैशाख २०८१

बाराका १२१ मतदानस्थल अति संवेदनशील

समयपोष्ट २०७४ मंसिर १५ गते ५:५७

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये बाराका १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ ।

उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा कूल ९६ हजार १४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ । निर्वाचन क्षेत्र नं २ मा कूल ८३ हजार ५२४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं ३ मा कूल ८४ हजार ६६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं ४ मा ८५ हजार ६०८ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन् ।रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री