शुक्रबार, १४ वैशाख २०८१

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा १२ जना पक्राउ

समयपोष्ट २०७४ मंसिर १५ गते ५:४९

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

Advertisement

पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिका बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘१२ जनालाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौँ, अनुसन्धानपछि सबै जानकारी गराइने छ ।’

रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री