
कामना सेवा विकास बैंक लिमिटेड र एम.ए.डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.बीच व्यापार सम्झौता भएको छ ।
मंगलबार सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरे ।
सम्झौतसंगै एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस,एसएमएस बैंकिंग,मोवाईल बैंकिंग,सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।









प्रतिक्रिया