सोमबार, ७ जेठ २०८१

भीरबाट २ सय फिट तल खसेर पनि बाँचिन् यी महिला

समयपोष्ट २०७६ पुष १४ गते १५:०६

Advertisement

अमेरिकाको दक्षिणी क्यालिफोनियामा भीरबाट २ सय फिट तल खसेर पनि एक महिला बाँच्न सफल भएकी छिन् ।

लस एन्जलिस काउन्टी सेरिफ अफिसले दिएको जानकारी अनुसार गत शुक्रबार बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेकी थिइन् । त्यही बेला उनी चिप्लेर भीरबाट तल खसेकी थिइन् ।बिहान करिब ८ बजेतिर स्थानीयहरुले उनले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी कसरी भीरबाट खसिन् र कति समयपछि अरुले उनको चिच्याहट सुने भन्ने स्पष्ट भएको छैन । भिडियोमा समुद्र तटबाट हेलिकोप्टरको सहायताबाट उनको उद्धार गरिएको देख्न सकिन्छ ।

घाइते महिलाको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री