सोमबार, ७ जेठ २०८१

ऋणबाट छुटकारा पाउन सकिरहनु भएको त छैन ? अपनाउँनुहोस् यस्ता वास्तु टिप्स

समयपोष्ट २०७६ पुष ९ गते १३:३५

Advertisement

तपाईंमाथि ऋण बढिरहेको छ त छैन । अथवा लाखौं कोसिस गर्दा पनि यसबाट छुटकारा पाउन सकिरहनु भएको छैन । घरमा भएको वास्तुदोषले पनि तपाईको जीवनमा समस्या आइरहेको हुँनसक्छ । त्यसको लागि वास्तुदोष हटाउँने उपाय अपनाउनु उपयुक्त हुँन्छ ।

घरमा पर्याप्त सुर्यको किरण नआउँदा पनि समस्या उत्पन्न भएको हुँनसक्छ । त्यसको लागि पूर्व दिशामा एउटा क्रिस्टलको बल राख्नुहोस् ।

घरको उत्तर वा पूर्वमा खुल्ला स्थान बनाएर त्यसमा रंगी बिरंगी फूल रोप्दा पनि शुभ फल मिल्नेछ ।

कपाल कटाउँदा जहिले पनि पूर्व वा उत्तर पट्टी फर्किनुहोस् । यसो गर्दा ऋणबाट मुक्त भइन्छ ।

Advertisement

लुगा लगाउँदा सधैं एकै ठाउँमा बसेर लगाउनुहोस् । यदि तपाईं हिँड्दै लुगा लगाउनुहुन्छ भने यसले आर्थिक समृद्धि प्रभावित हुन्छ ।

राती घरको पूजाकोठामा एउटा मधुरो बत्ती बालिराख्नुपर्छ । मन्दिर वा पूजा स्थानमा पूर्ण अँध्यारो हुन नदिनुहोस् ।

यदि तपाईंको मन अशान्त रहिरहन्छ भने सुत्नु अघि सिरानीमा एक लोटामा पानी भरेर राख्नुहोस् र बिहान सबैभन्दा पहिले त्यसलाई घर बाहिर फ्याँकिदिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री