सोमबार, ७ जेठ २०८१

राजकुमारीको पुर्व प्रेमीसंग खिचाएको तस्विर सार्वजनिक भएपछि…

समयपोष्ट २०७६ पुष ७ गते १२:५८

Advertisement

बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मार्केलको तस्विर यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।

क्रिससमसको समयमा प्रेमीसंग खिचाएको २० वर्ष पुराना तस्बिर सार्वजनिक भएका छन् ।

तस्विरमा उनी रमाउँदै पोज दिइरहेकी देखिन्छिन् ।

माथिको तस्विर मेघनले १६ वर्षको उमेरमा त्यसबेलाका प्रेमीसँग लुइस सेगुरासँग खिचाएको तस्बिर हो ।

Advertisement

उक्त तस्बिर १९९६ मा मिलेनियम बिल्टमोर होटलमा खिचाएको पनि खुलासा भएको छ । ३८ वर्षीया मेघनका तत्कालिन प्रेमी लुइससँगको सम्बन्धबारे विस्तृतमा खुलासा भएको छैन । स्थानीय मिडियाका अनुसार लुइसले रियल स्टेट व्यवसाय छन् ।

यससँगै मेघन र उनका स्कुले साथीहरुसँगका तस्बिर पनि सार्वजनिक भएका छन् । एम्यानुएल जस्किविस्ज, मिचेल रामानी र लिली गल्लीसँगका उनका पुराना तस्बिर पनि चर्चामा ल्याइएको छ ।

१९९६ मा नाचमा सहभागी भएपछिका ती तस्बिरलाई मेघनका प्रशंसकले सामाजिक सञ्जालमा महत्वका साथ प्रचार गरेका छन् । मेघनले भने आफ्नो पुराना दिनबारे अभिव्यक्ति दिएकी छन् । आफ्नो कर्ली कपाल, फ्रक बारे सम्झना सुनाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री