सोमबार, ७ जेठ २०८१

अजिंगरले चार वर्षको छोरालाई घरको छेवैबाट घिसार्दै जंगल तिर लगिरहेको देखेपछि…

समयपोष्ट २०७६ पुष ६ गते १२:०७

Advertisement

एक पिताले आफ्ना चार बर्षिय छोरालाई अजिंगरको आहारा हुँनबाट जोगाएका छन् ।

डेलीमेलका अनुसार १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरिरहेका बेला उनका पिताले देखेपछि आएर बचाएका थिए ।

क्लिफोर्ड थोम्पसन नाम गरेका चार बर्षिय बालकलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ । उनलाई ठूलै चोट लागेको छ ।उनका बुवा उत्तरी क्विन्सल्याण्डको एर्ली बीचस्थित नयाँ घरमा भर्खरै सरेका थिए । घटना हुँदा उनले हाउसवार्मिङ पार्टी होस्ट गरिरहेका थिए ।

‘घरमा अन्य सदस्य पनि थिए । पुलमा अन्य ६ बालबालिका पनि थिएँ र हामीले उनीहरुमाथि निगरानी राखिरहेका थियौं,’ थोम्पसनले डेली मेल अष्ट्रेलियालाई बताए । ‘त्यसपछि मैले घर पछाडिबाट बच्चा चिच्याएको सुनेँ । यताउती हेरेपछि एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको देखेँ ।’

Advertisement

उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए ।‘यदि म त्यहाँ नभएको भए अजिंगरले मेरो छोरालाई मारिसक्थ्यो ।’

थम्पसनका अनुसार उनी हतारहतार गएर अजिंगरलाई बेस्सरी टाउकोमा मुड्कीले हाने, त्यसपछि मात्र अजिंगरले उनको छोरालाई छोड्यो ।‘त्यसको केही सेकेन्डभित्रै अजिंगरले छोरालाई पुनः टोक्यो त्यसकारण मैले अजिंगरलाई घाँटीमा समातेँ र त्यसको मुख च्यातिदिएँ,’ उनले भने ।

जब अजिंगरले छोरालाई पुनः आक्रमण गर्यो तब उनले घरभित्रका मानिसलाई हतियार ल्याउ भनेर चिच्याए ।त्यसपछि उनका साथीले अजिंगरलाई हम्मरले हमला गरेर मारे ।

‘यदि त्यो अजिंगरले मेरो पहिलो मुक्कामा छोरालाई छोडिदिएको भए मैले त्यसलाई जान दिन्थेँ होला तर त्यो यत्ति धेरै रिसाएको थियो कि मेरो घरसम्म आइपुगेको त्यो अजिंगरलाई मैले छोडिनँ,’ उनले भने ।‘मेरी तीन वर्षीया छोरी पनि छिन् । हामी खुसी छौं कि यसले उसलाई छोएन ।’

लगभग पाँच मिनेटको संघर्षमा उनको छोराको खुट्टामा ठूलै चोट लागेको छ । अजिंगरले टोकेको ठाउँमा केही दाग पनि छन् ।शुक्रबार बिहान उनको घाउको शल्यक्रिया भएको छ । क्लिफोर्डलाई अहिले एन्टीबायोटिक्स दिइएको छ र चाँडै नै निको हुने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री