शनिबार, ५ जेठ २०८१

अब पुरुषका लागि गर्भनिरोध इन्जेक्सन

समयपोष्ट २०७६ पुष २ गते २१:१०

Advertisement

अब अनिच्छित गर्भ रहने भय टार्नका लागि पुरुषको भूमिका अहंम् हुने भएको छ ।

भारतिय वैज्ञानिकहरुले अनिच्छित गर्भ रोक्नका लागि पुरुषको लागि गर्भनिरोधक इन्जेक्सन तयार पारेका छन् ।

यसको मेडिकल परीक्षण सफल भएको डेली मेल को एक रिपोर्टमा उल्लेख गरिएको छ । यस इन्जेक्सन तयार गर्नुको उदेश्य पुरुषमा गरिदै आएको नसबन्दीको पुरानो तरिका रोक्नु हो ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकले गर्भनिरोधक इन्जेक्सनबारे खोज गरिरहेका थिए । उनीहरुले उक्त इन्जेक्सनलाई तीन चरणको मेडिकल परीक्षण गराएका थिए, जसको नतिजा सकारात्मक रह्यो । वैज्ञानिकका अनुसार उक्त परीक्षणका लागि तीन सय व्यक्तिलाई सामेल गराइएको थियो । उनीहरुमा यसको कुनै पनि साइड इफेक्ट देखिएन ।

Advertisement

क्लिनिक ट्रयल ९७ प्रतिशत सफल रहेको बताइन्छ । यस सोधमा सामेल आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार यस इन्जेक्सनको सक्सेस रेट ९७ दशकमलव ३ प्रतिशत थियो ।

उक्त इन्जेक्सन पुरुषको पेट वा जांघको बीचमा लगाइनेछ । यो इन्जेक्सन भारत मात्र नभई विश्वकै पहिलो पुरुष गर्भनिरोधक हुनेछ, जो नसबन्दीको उक्तम विकल्प हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री