प्रियंकाले आयुष्मानलाई भनिन्- म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह यो बर्ष पनि नहुँने पक्का भैसकेको छ । प्रियंकाले परिवारका सबै सदस्यको समय मिलाउन नसक्दा बिहे नभएको बताइरहेकी छिन् ।
विवाहको मिति लम्बिरहदा उनीहरुको सम्बन्ध केही चिसिएको हो कि भन्ने अनुमान लगाउँनेलाई प्रियंकाले बेला बेलामा सामाजिक सञ्जालमा विभिन्न पोष्ट गर्दै अनुमान गलत सावित गर्ने गरेकी छिन् ।
यसैविच, नायिका प्रियंका कार्कीले आयुष्मानको जन्मदिनमा लामो स्टाटस स्टेटस लेख्दै आयुष्मानलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
प्रियंकाले लेखेकी छिन्–‘मलाई थाहा छ, म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन । तिमीपनि पहिलो व्यक्ति होइनौ जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोेकेका व्यक्तिहरु हौं ।‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।’
https://www.instagram.com/p/B6KvKgDl89r/
प्रतिक्रिया