शुक्रबार, ४ जेठ २०८१

कबिर सिंहबारे कुनाकानी गर्दै कियाराले भनिन्- केही दृश्यका लागि असहज थिएँ

समयपोष्ट २०७६ मंसिर ३० गते १३:००

Advertisement

बलिउड नायिका कियारा आडवाणीले फिल्म कविर सिंहको बारेका कुनारानी गरेकी छिन् । उनले फिल्मको विषयमा जे जति कुरा गरिन् त्यसले धेरैलाई चकित पारेको छ ।

हालै, हिन्दुस्तान टाइम्सललाई दिएको एक अन्तर्वार्तामा कियारा आडवाणीले फिल्मका लागि आफू सहज नभएको बताएकी छिन् । उनले भनिन्, ‘नीजि रुपमा म यो फिल्मका केही दृश्य गर्नका लागि राजी थिइनँ र उक्त दृश्यका कारण मलाई असहज महसुस भएको थियो । केही अन्य कुरामा पनि म असहज थिएँ जस्तै, कबिर सिंहको भूमिका । मैले ‘कबिर सिंह’ लाई एउटा हिरोको रुपमा कहिले पनि हेरेकी थिइनँ ।’

कियाराले थपिन्, ‘केही दृश्यका लागि असहज थिएँ तरपनि म अभिनयका लागि तयार भएँ । मलाई चित्त नबुझेको कुरामाथि धेरैले आवाज उठाउनु भयो, जुन राम्रो भयो । मैले यसलाई एउटा फिल्म र एक काल्पनिक कहानीको रुपमा हेरेँ । म अब अघि बढिसकेकी छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री