शनिबार, ५ जेठ २०८१

पूर्व श्रीमान अरबाजका कारण सुपरमोडलसँग मलाइकाको क्याट फाइट

समयपोष्ट २०७६ मंसिर ३० गते १२:३१

Advertisement

चर्चित रियालिटी शो एमटिभी सुपर मोडल अफ द इयर यस वर्ष प्रशारण हुनका लागि तयार छ । कार्यक्रममा मलाइका अरोडा, मिलिन्द सोमन र मसाबा गुप्ता निर्णायक मण्डलमा छन् । यस्तै, सुपर मोडल उज्ज्वला राउत मेन्टरको रुपमा देखिँदैछिन् । तर भारतीय मिडियालाई विश्वास गर्ने हो भने सेटमा केही ठिक चलिरहेको छैन । रिपोर्टका अनुसार मलाइका र उज्ज्वलाबीच क्याट फाइट चलिरहेको छ र झगडाको कारण मलाइकाका पूर्व–श्रीमान् अरबाज खान बताइन्छ ।

पिंकविलाको रिपोर्ट अनुसार मलाइका र उज्ज्वलाबीच केही ठिक चलिरहेको छैन । यो क्याट फाइटका कारण सेटमा यी दुईलाई भिन्न राख्नुपर्छ । खबरका अनुसार अरबाज र उज्ज्वलाको इन्स्टाग्राम फ्लर्टिङ्का कारण मलाइका त्यति खुसी छैनन् । उज्ज्वला क्रु सदस्यसँग आफू र अरबाजबीच भएको कुराकानी सेयर गर्छिन् । केही रिपोर्टका अनुसार उज्ज्वला शोमा ‘द मोस्ट टक्ड अबाउट पर्सन’ बन्न चाहन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री