शुक्रबार, ४ जेठ २०८१

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

समयपोष्ट २०७६ मंसिर ३० गते ८:०३

Advertisement

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब सवा १० बजे हृदयाघातका कारण निधन भएको हो ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

५१ वर्षीय भट्टराईले थुप्रै चलचित्र निर्माण गरेका थिए । पछिल्लो समय उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए ।

चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरेका केशवले चिनाे, आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म निर्माण गरेका छन् ।

Advertisement

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । भट्टराईको शवलाई सोमवार पोस्ट्मार्टम गरिनेछ । भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री