मंगलबार, ८ जेठ २०८१

अक्षयले ट्विंकललाई दिए प्याजको ईयररिङ गिफ्ट

समयपोष्ट २०७६ मंसिर २९ गते १३:३९

Advertisement

 

बलिउड अभिनेता अक्षय कुमारले श्रीमती ट्विंकल खन्नालाई ईयररिङ गिफ्ट दिएका छन् ।

ट्विंकलले ईयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,”मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको ईयररिङ करीनालाई देखाउँदा धेरै प्रभावित भइनन् ।

मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।”

भारतमा अहिले प्याजको मूल्य निक्कै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि प्याजको मुल्यम वृद्धि देखिएको हो ।

भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री