मंगलबार, ८ जेठ २०८१

जमैकाकी टोनी एन सिंहलाई ‘मिस वर्ल्ड’को उपाधि

समयपोष्ट २०७६ मंसिर २९ गते १२:४३

Advertisement

जमैकाकी सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् ।

इक्सल लन्डनमा १४ डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड २०१९ घोषित भएकी हुन् ।

सन् २०१८ कि मिस वर्ल्ड विजेता मेक्सिकोकी भनेसा पोन्सले टोनीको शीरमा क्राउन लगाइदिँदै जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।

२३ वर्षीया सिंह जमैकाको मोरान्टाकी हुन् । उनी फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञान र महिला अध्ययनमा स्नातक हुन् ।

Advertisement

प्रतिस्पर्धामा फ्रान्सकी ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेन्ड रनरअप घोषित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री