शुक्रबार, ४ जेठ २०८१

अनुष्काले जितिन् ‘ब्यूटी विथ पर्पस’ को अवार्ड

समयपोष्ट २०७६ मंसिर २९ गते १२:०२

Advertisement

लण्डनमा शनिबार आयोजित मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले ब्यूटी विथपर्पस विधामा अवार्ड हात पारेकी छिन् । यससंगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् ।

यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा पनि श्रृङ्खला खतिवडाले यी दुबै टाइटल जितेकी थिइन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।

कार्यक्रम समापन भएसँगै अनुष्काले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एक भिडियो सन्देश राखेकी छिन् जसमा उनले मिस वर्ल्ड प्रतियोगितामा ब्यूटी विथ पर्पोस र मल्टीमिडिया अवार्ड जित्न सफल भएकोमा सबैलाई बधाई दिएकी छिन् ।

उक्त भिडियोमा उनले भनेकी छिन्, ‘यसपाली पनि किन मिस वर्ल्डको उपाधि जित्न सकिएन त अनुष्का भनेर धेरैले मलाई सोध्न चाहनुहुन्छ होला तर किन जितिएन भनेर विचार खोजिरहेकी छु । तर अहिलेको लागि म ‘के छैन’ होइन, ‘के पायौं’ भन्ने कुरामा केन्द्रीत हुन चाहन्छु ।’

Advertisement

‘हाम्रो प्रोजेक्ट मिस वर्ल्डको कार्यक्रमभरी नै चर्चित भयो । हाम्रो भिजन र दीर्घकालीन योजनाको अत्यधिक वाहवाही भयो,’ उनले थपिन् । ‘म नेपाल फर्किन आतुर छु, काम सुचारु गर्न मलाई हतार भइसक्यो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री