शनिबार, ५ जेठ २०८१

रानू मण्डलबारे प्रश्न गर्दा भड्किए हिमेशः ‘म उनको म्यानेजर होइन’

समयपोष्ट २०७६ मंसिर २६ गते १४:५२

Advertisement

लता मंगेशकरको स्वरमा रहेको गीत ‘एक प्यारका नगमा हे’ गाएको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि रातारात हिट भएकी रानु मण्डललाई
बलिउडका चर्चित गायक हिमेश रेशमियाले गीत गाउन मौका दए ।

बारम्बार विवादमा घेरिरहने उनै मण्डलका कारण आजकाल चिन्तित देखिन्छन् हिमेश । हालै मुम्बईमा भएको एक कार्यक्रममा हिमेशसँग रानू मण्डलको विषयमा प्रश्न सोध्दा उनले आफू रानूको म्यानेजर नभएको बताएका छन् ।

जब हिमेश रेशमियासँग उनी रानू मण्डलाई पुनः गीत गाउने मौका दिनुहुन्छ भनेर प्रश्न सोधियो तब उनले सिधा जवाफ नदिइकनै भने, ‘म रानू मण्डलका लागि अन्य संगीतकर्मीसँग पनि कुरा गर्नेछु किनभने उनको आवाज निकै सुरिलो छ ।’

यसैबीच जब उनलाई रानूको ट्रोलिङबारे प्रश्न सोधियो तब उनले उत्तर दिए, ‘रानू मण्डलबाहेक मैले दर्शन रावल र पलक मुच्छलजस्ता गायकलाई पनि ब्रेक दिएको छु ।’ एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री