शुक्रबार, १६ चैत २०८०

अपी पावरको दोश्रो सफलता, ८ मेगावाट क्षमताको अपर नौगडगाड आयोजनाको निर्माण सम्पन्न

समयपोष्ट २०७६ मंसिर २५ गते १६:०६

Advertisement

अपी पावर कम्पनीले ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाड आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ ।

यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ ।

अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको छ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ ।

यो आयोजना निर्माणको लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगत रु. १२० करोड कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।

यस आयोजनामा ब्लमचष्तश ज्थमचय द्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले आफना शेयरधनीहरुलाई नियमितरुपमा लाभांश वितरण गरिरहेको छ ।
अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने भएको छ । यसका लागी चािहने सबै स्विकृतिहरु प्राप्त भएको छन ।

चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थीत आयोजना हो । यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ । यो आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्कट पाईपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।

(आयोजनाको बाँध निर्माण स्थल)

यो अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा समेत पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् । अहिले हामी भारतबाट विद्युत खरिद गरी देशको माग परिपूर्ति गरिरहेका छौं । यसमा परिवर्तन ल्याउन सकिने संभावना रहेको छ । यो आयोजना यस मार्गमा महत्वपूर्ण कोसे ढूँगा सावित हुनेछ । साथै लगानी मैत्री सुदूर पश्चिमाञ्चलमा रहेको अपार जलश्रोतको उपायोग गरि देशलाई उर्जामा आत्मनिर्भर गर्न सकिनेछ । यो आयोजनाको निर्माण पश्चात सुदूर पश्चिमको मुहार फेरिने कुरामा दुई मत छैन ।

नेपालमा उर्जाको विकासको इतिहास लामो छ । वि.स. १९६८ जेष्ठ ९ मा फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत आयोजना हो यसअघि डिजेलबाट विद्युत उतपादन गरी मागको आपूर्ति हुने गरेको थियो ।

जलविद्युत आयोजनाहरु निर्माणको लागी ठूलो लगानीको आवश्यकता पर्दछ । एक मेगावाटको जलविद्युत आयोजना नीजि लगानीबाट निर्माण गर्दा करिव रु. २० करोड प्रति मेगावाट लाग्ने अनुमान गरिन्छ । यसको ७० प्रतिशत बैंकबाट ऋण तथा ३० प्रतिशत शेयरधनीहरुको लगानी हुने चलन छ । बैंकबाट प्राप्त कर्जाको औसत ब्याजदर १२ देखि १४ प्रतिशत पुगेको छ र आयोजनाले तिर्नुपर्ने कर्जाको ब्याजको भार बढेको छ । तर विद्युत विक्री बाट प्राप्त हुने आय निश्चीत हुने हुँदा परियोजनाको मुनाफामा प्रतिकुल असर परिरहेको छ । यसको परिणमा स्वरुप कयौं आयोजनाहरुले आफ्ना लगानीकर्ताहरुलाई वर्षौ सम्म पनि लाभ दिन सकेका छैनन् । यस्तो अवस्थामा बनिसकेका आयोजनाहरुले नेपाल राष्ट्र बैंकबाट पुर्नकर्जाको सुविधा पाउन सक्ने व्यवस्था छ । यो व्यवस्था सहवित्तियकरण अन्र्तगत कर्जा लिई संचालन गरिएका आयोजनाले प्राप्त गर्ने सकेमा व्याज दरमा सहुलियत प्राप्त हुने थियो ।

यसको विकल्पको रुपमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको जलविद्युत लगानी तथा विकाश कम्पनीले नीजि लगानीबाट बनिसकेका जलविद्युत आयोजनाहरुलाई पुर्नकर्जा उपलब्ध गराई दिएमा आयोजनाहरुले सरल व्याजदरमा कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जाको भुक्तानी अवधि लामो बनाई दिन समेत अनुरोध गर्दछौ । जलविद्युत आयोजनालाई सरकारले मूल्य अभिवृद्धि कर छुटको व्यबस्था लागू गरि दिन पनि हामि आग्रह गर्दछौं ।
नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजना भनी छनौट भएको छ । सरकारले लगानी मैत्री वातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने छ ।

यसै आर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजनाको समेत निर्माण कार्य अगाडी बढाईनेछ । जलविद्युतको साथसाथै कृषि तथा पर्यटनलाई पनि एकिकृतरुपमा विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ ।
कम्पनीले आफना शेयरधनीहरुलाई उच्च दरले मुनाफा दिनेछ । कम्पनी सबै सम्बन्धीत निकायहरुबाट सहयोगको अपेक्षा गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री