शुक्रबार, १४ वैशाख २०८१

कृषि विकास बैंकले ३० प्रतिशत लाभाङ्श दिने

समयपोष्ट २०७६ मंसिर २४ गते १६:११

Advertisement

सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४ प्रतिशत नगद लाभाङ्श दिने भएको हो ।

वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभाङ्श रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री