शुक्रबार, १४ वैशाख २०८१

डिप्रेशनसँग जुधिरहँदा मलाई मात्र रुन र निदाउन मन लाग्थ्यो : दीपिका

समयपोष्ट २०७६ मंसिर २३ गते १४:४५

Advertisement

बलिउड नायिका दीपिका पादुकोणले डिप्रेशनमा रहँदा भोगेको समस्याहरु शेयर गरेकी छिन् । न्यूयोर्क टाइम्ससँग कुराकानी गर्दै उनले डिप्रेशनमा रहँदा भोगेको समस्याहरु शेयर गरेकी हुन् । उनले भनेकी छिन्,‘म डिप्रेशनसँग जुधिरहँदा जुन समय मैले बिताएँ, त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो समय हुन सक्थ्यो ।’

-यो त्यस्तो समयमा भयो, जतिबेला मलाई आशा निकै कम लाग्थ्यो । म रुनका लागि कुनै कोठाको कुना खोज्थेँ । एक पटक हामी एउटा गीतको छायांकन गरिरहेका थियौं, सबैमा जोश थियो । तर, म आफूलाई एक्लो महशुश गरिरहेको थिएँ । म बाथरुममा गएर रुन थालेँ ।’

-सन् २००४ मा मैले यसको लक्षण महशुश गरेको थिएँ । लामो समयसम्म काम गर्दा म बेहोस भएकी थिएँ । जब म भोलीपल्ट ब्यूझिएँ, त्यतीबेला मैले आफूमा रित्तो महशुश गरेँ । मलाई मात्र रुन मन लाग्थ्यो ।

– यो मेरो जिन्दगीको सबैभन्दा मिठो समय हुन सक्थ्यो । जतिबेला मैले ४ वटा राम्रा चलचित्रमा काम गरेको थिएँ । मलाई परिवारको पूर्ण समर्थन थियो र म एकजना यूवकसँग डेट गरिरहेको थिएँ । पछि उनी मेरो श्रीमान् बनेँ । मसँग एक्लोपना महशुश गर्ने कुनै कारण थिएन, तर पनि म गरिरहेको थिएँ ।

– म हरेक समय थाकेको र उदास महसुश गर्थेँ । यदि, कसैले मलाई खुशी बनाउनका लागि रोमान्टिक गीत बजाउथ्यो भने, मलाई नराम्रो महुशश हुन्थ्यो । मलाई हरेक दिन उठ्न निकै नै अल्छी लाग्थ्यो । म हरेक समय निदाउन चाहन्थेँ । जब म निदाउथ्यँ, त्यतीबेला मलाई मेरो वास्तविकतासँग जुध्नु पर्दैनथ्यो ।

– मनोचिकित्सकहरुका अनुसार, म क्लिनिकल डिप्रेशनमा थिएँ । म एकदमै आत्तिएको हुन्थेँ । तर, जब मलाई डाक्टरले सबै कुरा बताए मैले आफूमा उर्जा महशुश गरेँ । म कस्तो समयबाट अगाडि बढिरहेको छु भन्ने कसैले वुझेकोमा म खुशी थिएँ । मैले, जुन खालको अनुभव गरिरहेको थिएँ, त्यो संघर्षपूर्ण थियो ।

-मैले मसँग भएको परिस्थितीलाई स्विकार गरेको थिएँ । म योसँग लड्न चाहिनँ । डाक्टरले मलाई औषधी लेखिदिए र मेरो दैनिकीलाई परिवर्तन गर्न आग्रह गरे । निन्द्रा, स्वास्थ्यकर खाना, व्यायमलाई मैले तालिका बनाएरै लागू गरे । यो कुरामा ध्यान दिदा, मलाई म आफू को हुँ भन्ने महुशश भयो ।

– जब म ठिक भएँ, यसपछि मैले सोचेँ कि, मैले यो बिमारीको बिषयमा किन थाहा पाइनँ ? मेरी आमा भन्दा अरुलाई यसको लक्षण किन थाहा भएन ? म आफ्नो आवाज दबाएर किन बाँचेकी थिएँ ? यी सबै कुराले मलाई आफ्नो डिप्रेशनको अनुभव जनतामाझ ल्याउन प्रेरित गरेको हो । यदि, कोही यस्तो समस्या भोगिरहेको छ र मेरो कुरा पढेर आफूलाई एक्लो महशुश गर्दैन भने मेरा लागि यत्ती नै पर्याप्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री