शनिबार, १५ वैशाख २०८१

एकान्तकुनामा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

समयपोष्ट २०७६ मंसिर २० गते ९:१७

ललितपुरको एकान्तकुनामा स्कुटर दुर्घटना भएको छ।

Advertisement

बिहीबार बेलुका रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरकाे स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्काेमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री