बिहीबार, १५ चैत २०८०

चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प १९ मंसिरमा, हेर्नुहोस् कुन-कुन सुविधा नि:शुल्क

समयपोष्ट २०७६ मंसिर १६ गते १९:०२

Advertisement

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्ने भएको छ।

कम्पनीले यो सर्भिस क्याम्प यही १९ देखि २१ मंसिरसम्म नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना गर्ने बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् ।

तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ । तीन दिने सर्भिस क्याम्पमा निःशुल्क ४७ पोइन्ट्स चेकअप,निःशुल्क कम्प्युटर डाइगनोसिस ,निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण,निःशुल्क एफआईपी परीक्षण,निःशुल्क टायर परीक्षण,निःशुल्क प्रदूषण जाँच,निःशुल्क लन्च सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत आयोजना हुँनेछन् । साथै दैनिक लक्की ड्र तथा मोबाइल फोन जित्ने मौका मिल्ने छ। क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कल दिई आफ्नो गाडी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।

सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ । यसका साथै सिप्रदीले आफूलाई सहयोग र्पुयाउनुभएका आफ्ना ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ ।

सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री