शुक्रबार, १६ चैत २०८०

एक्सन स्पोर्टस्मा १३ औ साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण

समयपोष्ट २०७६ मंसिर १६ गते १८:४०

Advertisement

एक्सन स्पोर्टस्ले १३ औ साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ ।

महिला भलिबलको फाईनल खेल नेपाल र भारत बीचमंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ ।

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने कम्पनीले सोमबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री