शुक्रबार, १४ वैशाख २०८१

दक्षिण एशियाली खेलकुद हुने स्थानमा वल्र्डलिंकको नि:शुल्क इन्टरनेट सेवा

समयपोष्ट २०७६ मंसिर १५ गते १८:३९

Advertisement

वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ ।

प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ ।

काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । यसमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् ।

मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेछ ।

वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वर्ल्डलिंकले नेपालका दुर्गममा समेत निशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट निशुल्क इन्टरनेट चलाउँछन् ।

फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वर्ल्डलिंकले दुर्गममा निशुल्क वाइफाइ वितरण गरिरहेको छ । वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री