शनिबार, २८ असार २०८२

गुराँस लघुवित्तको साधारण सभा सम्पन्न, ८.०१ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७६ मंसिर १५ गते १३:०९

Advertisement

गुराँस लघुवित्त वित्तीय संस्था लि. को चौथो वार्षिक साधारण सभा शनिबार धनकुटामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा सम्पन्न साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई रु.७० करोड भन्दा बढी कर्जा प्रवाह गरी रु.११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पूँजीरु.८ करोड ३४ लाख पुगेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री