मंगलबार, ८ जेठ २०८१

नम्रता श्रेष्ठले भनिन्– ‘सन्तान नहुँदाको पीडा यसपटक मैले राम्ररी बुझे’

समयपोष्ट २०७५ मंसिर १४ गते २:२५

अभिनेत्री नम्रता श्रेष्ठले निःसन्तान हुँदाको पीडा अहिले आफुले महशुस गरिरहेको बताएकी छन् । नम्रता अविवाहित हुन् । तर पनि उनले अहिले आफुले निःसन्तानको पिडा भोगेको बताएकी हुन् ।

Advertisement

अभिनेत्री नम्रताले निःसन्तान दम्पतीको पीडामा आधारित चलचित्र ‘प्रसाद’ मार्फत सो पिडा महशुस गरेकी हुन् । ‘सन्तान नहुँदाको पीडा यसपटक मैले राम्ररी बुझे’ नम्रताले भनिन्– ‘चलचित्रले मलाई सन्तानको महत्व समेत सिकायो ।’

‘मेरो एकजना दिदीले सन्तान दिन नसकेका कारण हामीसँग निकै दुखेसो गर्नुहुन्थ्यो’ उनले थपिन्– ‘जब ‘प्रसाद’मा मैले निःसन्तान पत्नीको भूमिका निर्वाह गरे । अनि मात्र दिदीको पिडाको महसुस भयो ।’ ‘निःसन्तान हुँदा पत्नीलाई जति पीडा हुन्छ, पतिलाई हँुदैन भन्ने मेरो धारणा राख्ने उनले भनिन्– ‘त्यो होइन रहेछ । पत्नी निःसनतानको पीडा पतिले पनि भोग्ने रहेछन् ।’

‘प्रसाद’ आगामी २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रले निःसन्तान दम्पतिको कथा बिषयको रुपमा उठाएको छ । सानो संसारबाट अभिनयमा डेब्यु गरेकी नम्रताले मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक जस्ता धेरै चलचित्र प्रेमकथामा काम गरेकी छन् । सबै चलचित्रमा सम्पन्न चरित्र निर्वाह गरेकी उनले ‘प्रसाद’ मा भने विपन्न परिवारकी ग्रामीण दलित निःसन्तान महिलाको भूमिका निर्वाह गरेकी छन् ।

Advertisement

चलचित्रमा उनको पति अभिनेता विपिन कार्की बनेका छन् । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

‘प्रसाद’ खेल्नुको मुख्य कारण यसका स्कृष्ट पनि भएको नम्रताले बताइन् । भनिन्– ‘प्रसादको कथावस्तु र चरित्र पहिले काम गरेको चलचित्रको भन्दा फरक थियो । विपिन कार्की, निश्चल बस्नेतसँग काम गर्न पाउने भएकोले पनि रोजेकी हुँ ।’

चलचित्रमा विपिन, निश्चल, नम्रतासँगै बसुन्धरा भुषाल लगायतका कलाकारको समेत अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री