मंगलबार, ८ जेठ २०८१

रणबीरकी बहिनीमाथि चोरीको आरोप, यसरी मागिन् माफी

समयपोष्ट २०७५ मंसिर १२ गते १०:२४

बलिउड नायक रणबीर कपुरकी बहिनी रिद्धिमा कपुरमाथि चोरीको आरोप लागेको छ । कपुरमाथि एक झुम्काको डिजाइन चोरीको आरोप लागेको हो । यसका लागि डिजाइनरको तर्फबाट माफीसमेत मागिएको छ ।

Advertisement

इन्स्टाग्राम अकाउन्टमा जारी गरिएको यो माफीमा रिद्धिमाले कहिले पनि बौद्धिक चोरीलाई प्रोत्साहन नदिएको बताएकी छिन् ।

एक इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो पेजमा मोती र हिराले बनेको झुम्काको फोटो पोष्ट गरे । उक्त डिजाइनलाई रिद्धिमा कपूरको ब्रान्डको बताइएको थियो । यद्यपी, प्रयोगकर्ताले उक्त झुम्कालाई रिद्धिमाले डिजाइन नगरेको बताउँदै यो जापानी गहना डिजाइनर मिकिमोतो कोकिचीको जुलरी ब्रान्डबाट चोरी गरिएको दाबी गरे । रिद्धिमाले जुन तस्बिर सेयर गरिन् त्यो पनि मिकिमोतोको वेबसाइटबाटै लिइएको प्रयोगकर्ताले दाबी गरे ।

मिकिमोतो कोकिची मोतीका गहनाका जापानी डिजाइनर एवं मिकिमोतो ब्रान्डका संस्थापक हुन् । उनलाई ‘किंग अफ पर्ल’को नामले पनि चिनिन्छ । सबैभन्दा पहिले मोतीलाई आकार दिएर त्यसलाई गहना बनाउने श्रेय उनैलाई जान्छ ।

Advertisement

यस्तो दाबी सार्वजनिक भएपछि रिद्धिमा कपूर साहनीले एक वक्तव्य जारी गरेको छ । सोसल मिडियामार्फत रिद्धिमाको तर्फबाट भनियो, ‘रिद्धिमा कपूर साहनी जूलरीले कुनै पनि प्रकारको वौद्धिक चोरीलाई प्रोत्साहन गर्दैन । मोतीका महान डिजाइनर मिकिमोतो कोकिचीद्वारा डिजाइन गरिएको मोती र हिराको झुम्कालाई पोष्ट गर्नेबेला वास्तविक डिजाइनरलाई ट्याग नगरेका कारण हामी माफी माग्छौं । हामी हरेक डिजाइनरको सम्मान गर्छौं र कहिले पनि उनीहरुको नक्कल र अपमान गर्दैनौं । धन्यवाद ।’

रिद्धिमा गहनाको डिजाइन गर्छिन् । उनले बनाएको गहना बलिउड सेलिब्रिटीले पनि प्रामोट गर्छन् । उनी लगातार आफ्नो सोसल अकाउन्टमा उनको ब्रान्डमा बनेको गरगहनाको तस्बिर सेयर गरिरहन्छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री