बुधबार, ९ जेठ २०८१

गुपचुप विवाह गर्ने यी हुन् बलिउडका ६ जोडी

समयपोष्ट २०७५ मंसिर १२ गते १०:०२

जोन अब्राहम र प्रिया रुचाल
अभिनेता जोनको एक्सन र लुकले सबैलाई उनको दिवाना बनाएको छ । यसको अलवा उनी अभिनेत्री विपाशा बसुसँगको प्रेमको कारण पनि चर्चामा रहे । विपाशाले करण सिंह ग्रोवरसँग विवाह गरेपछि जोनले पनि प्रिया रुचालसँग गुपचुप विवाहमा बाँधिए । उनले लस एन्जलसमा गुपचुप विवाह गरेका थिए ।

Advertisement

रानी मुखर्जी र आदित्य चोपडा
अभिनेत्री रानी मुखर्जीले २०१४ मा निर्देशक आदित्य चोपडासँग विवाह गरेकी हुन् । गुपचुप विवाह गरेका यी दुबैको अफेयर्सको बारेमा कसैलाई पनि जानकारी थिएन । दुवैले इटलीमा गुपचुप विवाह गरेका थिए ।

सेलीना जेटली र पीटर हेग

सेलीना जेटलीले अचानक फिल्मबाट दुरी बनाएकी थिइन् । उनले सन् २०११ मा पीटर हेगसँग विवाह समेत गरिन् । २०१२ मा उनलाई जुडुवा बच्चा समेत भएको छ ।

प्रीति जिन्टा र जीन गुडइनफ

Advertisement

बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाको अचानक विवाहको खबर बाहिर आयो । उनको पहिले अफेयर्स नेस वाडियाको साथ थियो । नेससँगको ब्रेकअपपछि उनले जीन गुडइनफसँग गुपचुप विवाह गरिन् । विदेशमा विवाह गरेकी उनले विवाह पछि भारत फर्किएर साथीलाई पार्टीसमेत दिएकी थिइन् ।

अक्षयकुमार ट्वींकल खन्ना
खेलाडी अक्षयकुमारको नाम फिल्म क्षेत्रमा थुप्रै अभिनेत्रीसँग जोडिएको थियो । तर विवाह भने उनले ट्वींकलसँग गरे । ट्वींकलसँग उनले गुपचुप विवाह गरेका थिए ।

अनुष्का र बिराट
बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी हुन् । यी दुवैको प्रेमको जानकार पुरै विश्व थियो । तर विवाह भने दुबैले इटलीमा गुपचुप गरे । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री