शुक्रबार, ४ जेठ २०८१

दीपिका-रणवीर विवाहको तस्विर सार्वजनिक

समयपोष्ट २०७५ कार्तिक ३० गते ५:१९

दीपिका पादुकोण र रणवीर सिंहको विवाहको तस्विर सार्वजनिक भएको छ । यी जोडीले इटालीको लेक कोमोमा कोंकणी र सिन्धि परम्परा अनुसार विवाह गरे ।

Advertisement

नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् ।

त्यसयता उनीहरु विवाह मण्डपमा बसेको एउटा पनि तस्विर बाहिर आएको थिएन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो ।

विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन यो जोडीले अत्यन्त गोप्यता अपनाएको थियो ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री