शुक्रबार, ४ जेठ २०८१

कडा सुरक्षाबीच रणबीर-दिपिकाको विवाहको तस्विर लिक (फाटोफिचर)

समयपोष्ट २०७५ कार्तिक २९ गते ८:०३

दीपिका पादुकोण र रणबीर सिंहले नोभेम्बर १४ तारिखमा इटालीको लेक कोमोमा कोंकणी परम्परा अनुसार विवाह गरे । नवविवाहित जोडीको विवाहको तस्बिर प्रशंसकहरु निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

Advertisement

इटालीमा भएका इन्डिया टुडेको समूहले दीपिका र रणबीरको वेडिङ भेन्युबाहिरको एक्सक्लुसिभ तस्बिर ब्रेक गरेको छ ।साथै, सोसल मिडिया अकाउन्टमा पनि नवविवाहित जोडीको तस्बिर सार्वजनिक भइरहेको छ ।

यसमा दीपिका–रणबीरको पहिलो झलक देख्न पाइन्छ । रणबीरले पारम्परिक कोंकणी विवाहका लागि सेतो सेरवानी लगाएका थिए भने दीपिका साउथ इन्डियन ब्राइडको गेटअपमा देखिइन् ।

Advertisement

कोंकणी विवाहमा सेतो रङको फूलले सजावट गरिएको थियो । करिब आठ हजार फूलले विवाहको स्थान सजाइएको थियो । विवाह दिउँसो करिब दुई बजेदेखि लगभग पाँच बजेसम्म चलेको बताइएको छ ।

विवाहका लागि ३० देखि ४० पाहुनालाई निम्तो दिइएको थियो । आज सिन्धि परम्परा अनुसार यी दुईको विवाह हुँदैछ ।

आजको विवाहको लागि विवाह स्थललाई रातो फूलले सजाइनेछ । यसका लागि १२ फ्लोरिस्टको समूहले काम गरिरहेको छ । फूलको सजावटको काम १६ घण्टासम्म चल्यो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री