मंगलबार, ८ जेठ २०८१

कण्डम प्रयोग गर्न नजाने हुनसक्छ बाँझोपन

समयपोष्ट २०७५ कार्तिक २८ गते ८:५०

यौनरोगहरुबाट बच्न कण्डम निकै सजिलो र भरपर्दो साधन हो । साथै सबैभन्दा उत्तम परिवार नियोजनको साधन पनि । अधिकांश चिकित्सकहरुले कण्डमको प्रयोगलाई बढि जोड दिने गर्छन् ।

Advertisement

कण्डम प्रयोगबाट विभिन्न फाइदा हुुन्छ तर यसको धेरै प्रयोग गरेमा यसले खतरा पनि निम्त्याउन सक्ने एक अध्ययनले देखाएको छ । सो अध्ययनका अनुुसार कण्डमको धेरै प्रयोग गर्नु स्वाथ्यको लागि हानिहारक मानिएको हो ।

द अमेरिकन एकेडेमी अफ एल्जी अस्थमा एण्ड म्युनोलोजीले गरेको खोजका अनुसार अधिकांश कण्डममा ‘लेटेक्स’ नामक एक प्रकारको रुखबाट निस्किने तरल पदार्थबाट बनेको हुन्छ । जसका कारण शरीरमा एलर्जीको लक्षण देखा पर्नसक्छ । यसमा सिन्थेटिक कण्डम प्रयोग गर्नु नै जरुरी हुन्छ ।

कण्डमबाट एचआईभी एड्स तथा संक्रामक यौनरोगको जोखिमबाट बचाउछ तर यसबाट यौन प्रसारित रोगको भने बढावा दिने गर्दछ । किनकी यो बाहिरको छालालाई सुरक्षित राख्दैन। जसले संक्रमणको सम्भावना धेरै हुन्छ । कण्डमको प्रयोगबाट ९८ प्रतिशत सुरक्षित मिल्छ तर यसको अनुचित प्रयोगबाट सयमा १५ महिलाको गर्भावस्थालाई खतरा पुर्‍याउने गरेको अध्ययनले देखाएको छ ।

चिकित्सकहरुका अनसार पुरुषले प्रयोग गर्ने कण्डमले महिलालाई गम्भीर बिरामी हुने खतरा हुन्छ । कण्डम बनाउदा बखत मिसाइएको पाउडर तथा लुब्रिकेन्ट्सले पाठेघरको मुखको क्यान्सर हुनुका साथै बाझोपनको समस्या समेत देखा पर्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री