शुक्रबार, ४ जेठ २०८१

रिंग सेरोमनीमा रणबीरले घुँडा टेकेर प्रपोज गरेपछि दीपिकाको थामिएन आँशु

समयपोष्ट २०७५ कार्तिक २८ गते ७:३८

बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा हुँदैछ । मिडिया रिपोर्ट अनुसार सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे । आज कोंकणी रिवाजमा विवाह हुँदैछ ।

Advertisement

रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन् । उनको आँखामा आँसु देखेपछि त्यहाँ उपस्थित सबै भावुक भएको बताइन्छ ।

डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब त्यतिबेला रणबीरले दीपिकाका लागि एक भावुक भाषण दिएर प्रेम व्यक्त गरे । रिंग सेरोमनीमा रणबीरले आफ्नो घुँडा टेकेर दीपिकाका लागि प्रेम जताए । यो देखेर दीपिका निकै भावुक भइन् । त्यतिबेला रणबीर सिंहले उनलाई निकै कसिलो अँगालो हाले ।

रणबीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गरिन्, ‘कुनै तस्बिर थिएन तब दुबैलाई सँगै देख्नु निकै शानदार थियो । आफ्नो आँसु रोक्न सकिरहेको छैन । तर यो खुसीको आँसु हो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री