मंगलबार, ८ जेठ २०८१

विदेशी रेसलरको धुलाई भेटेपछि राखीले भनिन्-तनुश्रीले गराइन् अब छोड्दिनँ

समयपोष्ट २०७५ कार्तिक २७ गते ८:४६

राखी सावन्तलाई आइतबार विदेशी रेसलरले उचालेर पछारिन् । विदेशी रेसलरको धुलाई भेटेपछि उनले यो मामलामा तनुश्री दत्तालाई मुछेकी छिन् ।

Advertisement

राखीले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत यो पूरा मामला तनुश्रीको षड्यन्त्र भएको बताएकी छिन् ।

राखीले एउटा भिडियो सेयर गरेकी छिन् । उक्त भिडियोमा राखी भन्छिन्, ‘म त नाच्न गएकी थिएँ । तर ती रेसलर पागल भइन् । म रेसलर त होइन । यो सबै उसले तनुश्रीको आदेशमा गरेकी हुन् ।’

राखीले तनुश्री दत्तामाथि आरोप लगाउँदै भनिन्, ‘उनले म नाच्न नसकोस् भन्ने चाहन्छिन् । उनले रेसलरलाई यो काम गर्नका लागि पैसा दिएकी छिन् ।’स्मरण रहोस्, घाइते भएपछि राखीलाई चन्दीगढको जिरकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

यद्यपी, उनी त्यहाँबाट डिस्चार्ज भइसकेकी छिन् । अस्पतालमा भर्ना हुँदा राखीले हरियाणाको एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब तनुश्रीलाई छोड्दिनँ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री